भविष्यमा रियल म्याड्रिडका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो बन्ने क्षमता भएका गोन्सालो गुइडेसलाई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मनी (पिएसजी) ले अनुबन्ध गरेको छ। इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड र आर्सनल उनलाई अनुबन्धित गर्न लालायित थिए। तर, इङ्लिस क्लबलाई चकित पार्दै पिएसजीले करिब २ अर्ब ८७ करोड रुपैयाँमा अनुबन्धित गरेको छ।
क्लबका खेल निर्दैशक प्याट्रिक क्लुभर्ट ‘जनवरी विन्डो’ का लागि सोमबार पोर्चुगल नै पुगेका थिए। गुइडेस हाल पोर्चुगलको च्याम्पियन क्लब बेनिफिकाबाट खेलिरहेका छन्। उनी १० नम्बर जर्सी लगाएर खेल्छन भने रोनाल्डो जस्तै विङ्गर हुन्।
गत नोभेम्बरमा २० वर्ष प्रवेश गरेका गुइडेसका लागि अतिरिक्त ५४ करोड रुपैयाँ पनि पाउने छन्। उनको सम्झौता साढे ४ वर्षको रहनेछ। गुइडेसलाई भविष्यको क्रिस्टियानो रोनाल्डो मानिएको छ।