सत्ता साझेदार नेपाली काँग्रेस भित्रैबाट सरकारलाई निर्वाचनको मिति घोषणा गर्न ढिलाई नगर्न दवाव दिन थालिएको छ । काँग्रेस महामन्त्री डा. शशांक कोइरालाले स्थानीय निर्वाचनपछि मात्रै संविधान संशोधन प्रस्ताव अघि बढाउन उपयुक्त हुने धारणा समेत राखेका छन्।
चितवनको भरतपुरमा स्थानीय संचारकर्मीसँग कुरा गर्दै उनले निर्वाचनको मिति तत्काल घोषणा गरेर अघि नबढे मुलुकलाई निकास दिन नसकिने पनि स्पष्ट पारे। महामन्त्री कोइरालाले संविधान संशोधन प्रस्तावकै कारण स्थानीय निर्वाचनको मिति घोषणा गर्न ढिलाई भइरहेको तर्क पनि गरे।
महामन्त्री कोइरालाले दलहरुबीच दृढ इच्छा शक्ति भए २०७४ साल माघ ७ गते भित्र तीनै तहको निर्वाचन सम्पन्न गर्न कठिनाई हुने पनि उल्लेख गरे। उनले संविधान कार्यान्वयनका लागि दलहरु मिलेर अघि बढ्नुको विकल्प नरहेको पनि दोहोर्याए।