नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सासद् नारायण खड्काले सरकारले फागुन १५ भित्र स्थानीय निकायको निर्वाचन घोषण नगरे जेठमा निर्वाचन सम्भव नभएको बताएका छन्।
रफत सञ्चार क्लवमा बुधबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता खड्काले फागुन १५ भित्र निर्वाचन मिति घोषणा नभए जेठमा निर्वाचन नहुने दाबी गरेका हुन्।
निर्वाचन आयोगले तीन महिनाअगावै निर्वाचन मिति घोषणा गर्न आग्रह गरिरहेको अवस्थामा वर्तमान पुष्पकमल दाहाल नेतृत्वको सरकारले जेठसम्म पनि स्थानीय निकायको निर्वाचन गर्न नसके नैतिक दबाबमा पर्ने बताए।
उनले जसरी पनि स्थानीय निकायको निर्वाचनमा अगाडि बढ्नुपर्ने जिकिर गरे।
आगामी २०७४ माघ ७ गतेभित्र तीनै तहको निर्वाचन गर्न सरकारले गृहकार्य अगाडि बढाउन नसकेकोसमेत उनले आरोप लगाए। ‘सरकारले जेठभित्र स्थानीय निकायको निर्वाचन गरेर देखाए अर्को आउने मंसिरमा प्रदेशको निर्वाचन गराउन सकिन्थ्यो। तर, जेठमा निर्वाचन गर्न नसकिए त्यसपछि मंसिर महिना यता निर्वाचन सम्भव छैन्,’ उनले भने, ‘जनतालाई विश्वासको वातावरण दिलाउँदै जानुपर्नेमा सरकारले निर्वाचनको मिति घोषणा गर्न नसकेकोमा उनले आक्रोश ब्यक्त गर्दै यदि जेठमा स्थानीय निकायको निर्वाचन गर्न नसक्ने हो भने वर्तमान सरकारको काम रिबन काट्ने र उद्घाटन गर्ने अर्थात औपचारिक कार्यक्रममा त्यत्तिकै बित्ने भएकाले सरकार नैतिक संकटमा पर्नेछ।’
मधेशवादी दलले आफूहरुको सम्पूर्ण माग पूरा नभए निर्वाचन जान्न भन्नु गलत भएको बताए।
एमालेले मधेशलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउँदै मधेशवादी दलसँग एमालेले प्रत्यक्ष संवाद गरेर जायज माग पूरा गर्न सक्ने प्रतिबद्धता जनाएर निर्वाचनमा सबै एक ठाउँमा उभिनुपर्ने बताए।
उहाँले मधेशवादी दललाई पनि आगामी निर्वाचनमा बहुमत ल्याएर आफू अनुकुल संविधान संशोधन गर्न चुनौती दिर्दै अनावश्यक बखेडा नझिक्न र निर्वाचन घोषणा गरिए आन्दोलनमा उत्रिने कुरा जायज नभएको बताए।
एमालेले राष्ट्रियताको नारा दिएर कुनै पनि बहानामा सरकारलाई निर्वाचन गर्ने वातावरणमा ब्यवधान ल्याउन नहुने बताउँदै सबै एकजुट भएर संविधान कार्यान्वयनको दिसामा लाग्नुपर्नेमा जोड दिए।