तस्बिरः योगेश भट्टराईको ट्विटरबाट
नेकपा एमालेले आउने फागुन २१ देखि १५ दिनसम्म मधेस केन्द्रीत 'मेची महाकाली अभियान'सञ्चालन गर्ने भएको छ। उक्त अभियानमा मधेसका १५ जिल्लामा करिब १५ लाख मानिस परिचालन गर्ने एमाले नेता प्रदीप ज्ञवालीले बताए। बुधबार पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित पत्रकार सम्मेलनमा उनले अभियान अन्तर्गत गरिने कार्यक्रमहरूबारे जानकारी दिए।
यो अवधिमा मधेसका विभिन्न जिल्लाका विभिन्न स्थानमा ३४ वटा जनसभा गर्ने तयारी भएको उनले बताए।
निर्वाचनका लागि दबाव सिर्जना गर्न, मधेस र पहाडबीच सद्भाव सिर्जना गर्ने र एमालेविरूद्ध चलाइएका भ्रम चिर्न यो अभियानको तयारी गरिएको उनले बताए।
उनले भने, संविधान कार्यान्वयनका लागि आउने वर्षको माघ ७ भित्रमा स्थानीय तह, प्रदेश सभा र संघीय संसदको निर्वाचन गरीसक्नु पर्ने छ। तर सरकारले त्यसलाई प्राथमिकतामा राखेको छैन। त्यसैले निर्वाचन गराउनका लागि यो अभियानले जनस्तरबाट दबाव सिर्जना गर्ने छ।'
साथै, राष्ट्रियताका पक्षमा जनमत सिर्जना गर्न समेत यो अभियान गर्न लागेको ज्ञवालीको भनाई छ।
फागुन २१ गते झापाको काँकडभिट्टामा कार्यक्रम गरी यो अभियान अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन्। २०२९ सालमा पञ्चायतले झापा विद्रोहका अगुवाहरूको सुखानीमा हत्या गरेको दिनको सम्झनामा एमालेले फागुन २१ लाई सहिद दिवसको रूपमा मनाउने गरेको छ। यहि दिवसको अवसर पारेर झापाबाट नै यो अभियान सुरु गर्ने योजना एमालेले बनाएको हो।
अभियान अन्तर्गत आयोजना हुने कार्यक्रममा अध्यक्ष ओलीसहित वरिष्ठ नेता झलनाथ खनाल,पूर्वमहासचिव माधवकुमार नेपाल, उपाध्यक्षहरू बामदेव गौतम र अष्टलक्ष्मी शाक्य, महासचिव ईश्वर पोखरेल, स्थायी कमिटी सदस्यहरू सुवास नेम्बाङ, छविलाल विश्वकर्मा र सत्यनारायण मण्डल सम्मिलित टोली सबै ठाउँ पुग्ने नेता ज्ञवालीले बताए।
अभियान चैत ५ गते सुर्खेतमा समापन हुने छ।
पहिलो दिन (फागुन २१ गते)
काँकडभिट्टा –कार्यक्रम शुभारम्भ
बिर्तामोड– जनसभा
दमक – जनसभा ( बास समेत)
दोस्रो दिन (फागुन २२ गते)
विराटचोक –जनसभा
इटहरी –जनसभा (बास समेत)
तेस्रो दिन (फागुन २३ गते)
इनरुवा– जनसभा
राजविराज– जनसभा
कञ्चनपुर– जनसभा (बास समेत)
चौथो दिन (फागुन २४ गते)
गोलबजार– जनसभा (बास समेत)
पाँचौं दिन (फागुन २५ गते)
जनकपुर –जनसभा र विविध कार्यक्रम
बर्दिवास –जनसभा (बास समेत)
छैटौं दिन (फागुन २६ गते)
हरिपुर –जनसभा
गरुडा–जनसभा
चन्द्रनिगाहापुर (बास समेत)
सातौँ दिन (फागुन २७ गते)
जितपुर –जनसभा
हेटौंडा –जनसभा (बास समेत)
आठौँ दिन (फागुन २८ गते)
भण्डारा–जनसभा
भरतपुर –जनसभा
कावासोती –जनसभा (बास समेत)
नवौं दिन (फागुन २९ गते)
भुमही –जनसभा
भैरहवा –जनसभा
बुटवल (बास समेत)
दसौँ दिन (फागुन ३० गते)
चन्द्रौटा –जनसभा
लमही– जनसभा
घोराही–जनसभा (बास समेत)
एघारौँ दिन (चैत १ गते)
नेपालगञ्ज– जनसभा
गुलरिया– जनसभा (बास समेत)
बाहौं दिन (चैत २ गते)
राजापुर– जनसभा
टीकापुर –जनसभा
लम्की –जनसभा (बास समेत)
तेह्रौं दिन (चैत ३ गते)
धनगढी – जनसभा
महेन्द्रनगर –जनसभा (बास समेत)
तेह्रौं दिन (चैत ४ गते)
पत्रकार सम्मेलन–महेन्द्रनगर
चौधौं दिन (चैत ५ गते)
सुर्खेत –जनसभा