प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय निकायको निर्वाचनबारे महान्यायाधीवक्ता तथा कानुनमन्त्रीसँग परामर्श गरेका छन्। गृहमन्त्रीसहित सत्तारुढ दलका प्रमुख नेताहरुको उपस्थितिमा प्रधानमन्त्रीले बिहिबार बिहान बालुवाटारमा महान्यायाधीवक्ता र कानुनमन्त्रीलगायतसँग छलफल गरेका थिए। छलफलमा सरकारले निर्वाचन आयोगलाई स्थानीय निर्वाचन बारे लेखि पठाउने सहमती गरेका छन्।
‘आज चार बजे बस्ने मन्त्रिपरिषद बैठकले निर्वाचनको तयारी अवधि बढाउन निर्वाचन आयोगलाई पत्राचार गर्ने भएको छ,’ मन्त्री नायकले सेतोपाटीसँग भने,‘यद्यपी निर्वाचनको मिति भने अहिले तोकिदैन। पछि निर्वाचनको तयारी, समय अवस्था हेरेर तोकिन्छ।’
सत्तारूढ प्रमुख घटकबीच निर्वाचनको मिति फागुनको अन्तिम सातासम्म तोक्ने मोटामोटी सहमति यसअघिनै भइसकेको छ।
संविधान संशोधन, स्थानीय तहको निर्वाचन लगायतका विषयमा यसअघि प्रधानमन्त्रीले संविधानविद्सँग सुझाव मागेका थिए।
यो पनि हेर्नुहोस्