नेपाली काङ्ग्रेस पर्सा जिल्ला सभापति पदमा अजय कुमार द्विवेदी निर्वाचित भएका छन्। नेपाली काङ्ग्रेस पर्साको १३ औं जिल्ला अधिवेशनको शुक्रबार सम्पन्न भएका निर्वाचनमा द्विवेदीले आफ्ना निकटतम प्रतिद्वन्द्वी जनार्धन सिंह क्षेत्रीलाई एक सय ९५ मत अन्तरले पराजित गर्दै ज्ल्लिा सभापति पदमा निर्वाचित भएका हुन्।
सभापति पदका लागि भएको मतदानमा खसेको नौ सय ८ मत मध्ये निर्वाचित भएका द्विवेदीले पाँच सय ५० मत हासिल गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी सिंहले ३५५ मत ल्याएको प्रमुख निर्वाचन अधिकृत देवेन्द्र कोइरालाले जानकारी दिए। खसेको कुल मत मध्ये ३ मत बदर भएको उनले बताए।
यसैबीच नेपाली काङ्ग्रेस जिल्ला सचिव, कोषाध्यक्ष र सदस्य पदको लागि भएको मतदान गन्ती बेलुका ६ बजेदेखि सुरु भएको निर्वाचन अधिकृत कोइरालाले जानकारी दिएका छन्। १३औं जिल्ला अधिवेशनबाट निर्वाचित हुने पदाधिकारी तथा सदस्यहरुलाई भोलि औपराचिक कार्यक्रमकाबीच प्रमाण–पत्र दिइनेछ।