शिक्षा मन्त्रालयले शैक्षिक नीति परामर्शका लागि गठित राष्ट्रिय शिक्षा परिषद्लाई आज सात जना मनोनयन गरी पूर्णता दिएको छ।
शिक्षा ऐनानुसार विभिन्न निकायबाट सात सदस्य मनोनयन गरिएको हो। परिषद्मा कृषि वन विश्वविद्यालय चितवनका उपकुलपति आइपी ढकाल, सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति भूषण श्रेष्ठ र पोखरा विश्वविद्यालयका उपकुलपति चिरञ्जीवी शर्मा तथा सामुदायिक विद्यालय सञ्चालक समितिका अध्यक्षबाट टेकबहादुर थापा र निर्मला सुवेदी, निजी विद्यालयका तर्फबाट एनप्याब्सनका उपाध्यक्ष डा कुस्मिला आचार्य र प्याब्सनका उपाध्यक्ष विजय सम्बाहाम्फे मनोनीत भएका छन्। शिक्षामन्त्रीको अध्यक्षतामा रहेको परिषद्मा २३ सदस्य रहनेछन्। रासस