आउँदो फागुन १९ र २० गते काठमाडौंमा हुने नेपाल लगानी सम्मेलनको तयारी पुरा भएको छ।
उद्योग मन्त्रालय र लगानी बोर्डले राष्ट्रिय योजना आयोग र अन्य निजी संघसंस्थाको सहयोगमा सम्मेलन आयोजना गर्न लागेको हुन्। ‘नेपालमा लगानीका सम्भावनाहरुको उपयोग’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको सम्मेलनमा नेपालमा लगानीका सम्भावनाका क्षेत्रहरु, लगानी आकर्षित गर्न नेपालले अघि बढाएका प्रशासनिक एवं कानुनी सुधारका प्रयास र यहाँ लगानी गर्दा हुने लाभका बारेमा छलफल हुनेछ।
प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने सम्मेलनमा प्रमुख वक्ताका रुपमा भारतीय अर्थमन्त्री अरुण जेट्ली सहभागी हुनेछन्।
त्यस्तै एसियाली पूर्वाधार लगानी बैंकका अध्यक्षसहित विभिन्न विकास साझेदार संघसंस्थाका प्रतिनिधि सहभागी हुनेछन्।