सरकारले दि टिम्बर कर्पोरेसन अफ नेपालका महाप्रबन्धकमा राजु लौडारीलाई नियुक्त गरेको छ।
मन्त्रिपरिषद्ले स्वीकृत गरेको कार्यविधिअनुसार खुला प्रतिस्पर्धाबाट छनोट भएका लौडारीलाई यही फागुन १७ गतेको मन्त्रिपरिषद्को बैठकले महाप्रबन्धकमा नियुक्त गरेको हो। जलवायु परिवर्तन, वातावरण, नवीकरणीय ऊर्जा क्षेत्रमा लामो व्यवस्थापकीय अनुभव सँगालेका उनलाई तीन वर्षका लागि नियुक्त गरिएको हो। रासस