राष्ट्रियताका लागि भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजदेखि सुरु गरेको मेची-महाकाली अभियानले झापा एमालेमय भएको छ। सडक ध्वजा र पताकाले राताम्य भएका छन्। सडकमा गुड्ने सवारी पनि एमालेमय भएका छन्।
काँकडभिट्टादेखि दमकसम्म सडकका दुई किनारमा बाक्लो मात्रामा सर्वसाधारणको उपस्थिति थियो। नेता तथा कार्यकर्ताको गाडीको लाइन मात्र कम्तिम ८ किमी लामो थियो। झापा प्रहरीका अनुसार आज दिनभर झपामा यातायात प्रभावित भएको छ।
सडकका चोक–चोकमा निस्केका सर्वसाधारणले ताली बजाउनुका साथै नारा लगाएर कार्यक्रमप्रति समर्थन जनाएका थिए।
बिर्तामोडमा कार्यक्रम सकेर दमक आइपुग्दा बाटोमा पर्ने चारपाने, दुर्गापुर, लक्ष्मीपुर, सुरूगा, माइधार, दुधे, झिलझिले, केर्खा, धरमपुर र पाडाजुगीमा स्थानीय बासिन्दाले र्यालीलाई स्वागत गरेका थिए। शनिबार पुरै झापा राताम्य भएको थियो।
शनिबारको अभियान कार्यक्रममा प्रत्यक्ष रूपमा डेढ लाखको सहभागिता रहेको एमालेको दाबी छ ।
हेर्नुहोस् केही तस्बिरमा