आइसिसी विश्व लिग क्रिकेट च्याम्पियनसिपअन्तर्गत केन्याविरुद्धको दोस्रो खेलमा चार ओभरभित्र १४ रनको स्थितिमा २ विकेट गुमाइसकेको नेपालको इनिङलाई कप्तान ज्ञानेन्द्र मल्ल र पहिलो पल्ट अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेका दीपेन्द्रसिंह ऐरीले जित उन्मुख बनाएका छन्।
यी दुवैले मिलेर १०० रनको साझेदारी गरिसकेका छन्। दीपेन्द्र सिंह ऐरी ६१ बलमा ५२ रन बनाएर खेलिरहेका छन् भने कप्तान मल्ल ५५ रनमा खेलिरहेका छन्।