चुनाबै नगरे पनि आउने यिनै हुन्
भोटै खसाले पनि पाउने यिनै हुन्
यिनै थिए यिनै छन्, रहने यिनै हुन्
नेपाल र नेपाली सिध्याउने यिनै हुन्
 
पञ्चायत न ढल्दा जोगाउने यिनै थिए
पजातन्त्र भन्दै ढलाउने यिनै हुन्
अब लोकतत्न्त्र गणतन्त्र भन्दै
नेपाल र नेपाली सिद्ध्याउने यिनै हुन्
 
कति हेर्नु नाटक देखाउने यिनै हुन्
नयाँ संबिधान रे ? हा हा हा !!! लेखाउने यिनै हुन् 
नेपालै बनाउने नयाँ फेरी भन्दै
भएकै जति सब सिद्ध्याउने यिनै हुन्
 
शान्ति विकास न्याय कराउने यिनै हुन्
क्रान्ति, जुलुस, बन्द गराउने यिनै हुन्
हत्या डकैती लुटी देश जनता
विदेशीलाई देश यो चढाउने यिनै हुन्
 
अझै आस लाग्छ? - लोभ्याउने यिनै हुन्
तपाई हाम्रो  टाउको चपाउने यिनै हुन्
मसानका यी बोक्सी मसानकै यी धामी
सबै जिउँदा लासलाई नचाउने यिनै हुन्
 
गरिराखौ पूजा विधाता यिनै हुन्
आशिर्वाद मागौं, दाता यिनै हुन्
चितामा ढलेका तपाई हाम्रा लासलाई
अब दागबत्ती चढाउने यिनै हुन्
 
यिनै थिए यिनै छन्, रहने यिनै हुन्
नेपाल र नेपाली सिध्याउने यिनै हुन्