बलिउड अभिनेत्री दिपिका पादुकोण र अभिनेता इरफान खान नेपाल आउने भएका छन्। विशाल भारद्वाजको निर्देशनमा बन्ने फिल्मको छायाँकनको लागि उनीहरु नेपाल आउने भएका हुन्।
दिपिका र इरफान तीन वर्षपछि एकसाथ देखिन लागेका छन्। यसअघि सुजित सिरकारको कमेडी ड्रामा ‘पिकु’मा उनीहरुले स्क्रिन सेयर गरेका थिए।
टि सिरिज, विशाल ब्यानर र क्रिआर्ज इन्टरटेन्मेन्टले संयुक्त रुपमा फिल्मकाे निर्माण गर्ने भएकाे छ।
क्रिआर्ज इन्टरटेन्मेन्टकी प्रेरणा अरोराले फिल्म नेपालमा छायाँकन हुने बताएकी छन्। उनका अनुसार फिल्मको सुटिङ मार्च ५ मा नेपालमा हुनेछ।
फिल्म उपन्यास ‘माफिया क्विन्स अफ मुम्बई’ मा आधारित हुने बताइएकाे छ। फिल्मको प्रदर्शन मिति भने तय भएको छैन्।