राष्ट्रवादी धारमा निर्माण गरिएको फिल्म 'काँडेतार' को शीर्ष गीत सार्वजनिक भएको छ।
शनिबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको शीर्ष गीत सार्वजनिक गरिएको हो। सत्यकला राई, राजेश पायल राई र जे पापीको स्वर रहेको गीतमा देशको भूगोल रक्षाका लागि नेपाल-भारत सीमामा काँडेतार लगाउनुपर्ने मुद्धा उठाएको छ।
मिलन कान्छा किराँतीको शब्द रहेको गीतमा मणी थापाले संगीत भरेका छन् भने संगीत संयोजन किरण कँडेलको छ।
नवल खड्काको अभिनय, निर्माण तथा निर्देशन रहेको फिल्मको कथा लेखनमा उनलाई शिवम अधिकारीले सघाएका छन्।
सामना फिल्म्स ब्यानरको फिल्ममा नवल खड्का, गौरव पहारी, रेविका गुरूङ, सुरविना कार्की मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, संजय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरी र बाल कलाकारमा नादिया खड्का र सनया खड्कालगायत कलाकारको अभिनय छ।
संगीतकार मणि थापा र दिपक शर्माको संगीत रहेको काँडेतारमा सौरभ लामाको छायांकन, श्री श्रेष्ठको द्वन्द्व, कविराज गहतराजको नृत्य रहेको छ।
नवल खड्का, माकिको राई र अञ्जु केसीको निर्माण रहेको फिल्मको कार्यकारी निर्माता सत्यकला राई हुन्।
यो फिल्मको प्रदर्शन मिति तोकिएको छैन।