नेपालमा पहिलो पटक 'नेपाल डान्स फेस्ट' हुने भएको छ। वैशाख १५ र १६ गते विशालबजार रूफटपस्थित बेन्टो लाउन्ज एण्ड बारमा फेस्टिभल हुन लागेको हो।
इम्पल्स एकेडेमी अफ पर्फमिङ आर्ट्स् र बेली डान्स नेपालको आयोजानामा हुन लागेको फेस्टिभलमा नृत्य क्षेत्रका विभिन्न कलाकारहरूको सहभागिता हुनेछ।
फेस्टिभलमा ३२ घण्टा वर्कसप, फरक शैलीका २५ भन्दा बढी डान्सका प्रस्तुति र विभिन्न शो हुनेछ। आफ्टर पार्टी भने अन्तिम दिन क्लब प्लाटिनममा हुनेछ।
यस फेस्टिभलमा डान्स आर्टिस्टलगायत सर्वसाधारण समेत सहभागी हुन सक्नेछन्। फेस्टिभलमा सहभागी हुन ५ सयदेखि १ हजार सम्मका टिकट उपलब्ध छन्।
नेपालका डान्स आर्टिस्टहरूलाई एकै ठाउँ जोड्न उक्त फेस्टिभलको आयोजना गरिएको इम्पल्स एकेडेमी अफ पर्फमिङ आर्ट्स्को संस्थापक निर्देशक निशिला शाक्यले बताइन्।
निशिला र बेली डान्स नेपालकी निर्देशक पिंकी सापकोटाले यो फेस्टको आयोजना गरेका हुन्।