कलाकार जोडी सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) ले लामो समयपछि विदेशमा स्टेज कार्यक्रम गरेका छन्। सोमबार फिनल्याण्डको हेल्सिन्कीमा यो जोडीले प्रस्तुति दिए।
'धुर्मुस–सुन्तली साँझ' कार्यक्रम अन्तर्गत त्यहाँ पुगेका उनीहरूले प्रस्तुतिमार्फत नेपाली दर्शकलाई हँसाए।
यो उनीहरूको पहिलो युरोप कार्यक्रम हो भने उनीहरूले पाँच वर्षपछि विदेशमा प्रस्तुति दिएका हुन्।
यसअघि पछिल्लो पटक उनीहरू २०७६ सालमा दुबईको एक कार्यक्रममा पुगेका थिए।
चौतारी इभेन्ट्सले युरोपका आधा दर्जन बढी देशमा 'धुर्मुस–सुन्तली साँझ' कार्यक्रम आयोजना गरेको छ। जसअन्तर्गतको फिनल्याण्डमा भएको पहिलो कार्यक्रम भव्य भएको धुर्मुसले बताए।
यो कार्यक्रममा धुर्मुस–सुन्तलीसहित गायक बिष्णु खत्री, तुल्सी सिवाकोटी पनि सहभागी छन्।
दोस्रो कार्यक्रम जुलाई १३ मा माल्टामा तय छ। क्रोएसिया, स्पेन, बेल्जियम लगायतका देशमा पनि कार्यक्रमको आयोजना गरिएको जनाइएको छ।
२०७२ सालको भूकम्पपछि सामाजिक काममा लागेका धुर्मुस र सुन्तली गत वर्षदेखि कलाकारितामा फर्किएका थिए।
अब आफूहरू निरन्तर कलाकारितामै सक्रिय रहने उनीहरूले बताए।