यही शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म 'घरज्वाइँ' लाई काठमाडौंमा प्रिमियर गरिएको छ।
मंगलबार बेलुका आयोजित प्रिमियरमा दयाहाङ राई र मिरूना मगर अभिनीत यो फिल्म हेर्न राजनीतिज्ञदेखि फिल्मकर्मी र सञ्चारकर्मीको उपस्थिति रह्यो।
प्रतिनिधिसभाको उप–सभामुख इन्दिरा राना मगर, अभिनेत्री उपासना सिंह ठकुरी, 'खुस्मा' निर्देशक अशोक थापा, निर्देशक तथा वितरक अशोक शर्मा, अभिनेता कुन्साङ बम्जन, अभिनेत्री पशुपति राई, निर्माता मणिराम पोखरेल, निर्माता तथा निर्देशक अपिल बिष्ट लगायतले प्रिमियरमा फिल्म हेरेका छन्।
अधिकांशले फिल्मको कथासँगै कलाकारको अभिनयको प्रशंसा गरेका छन्।
'घरज्वाइँ' लाई अनिल बुढा मगरले लेखन तथा निर्देशन गरेका हुन्। जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको निर्माता जनक घर्ती मगर निर्माता हुन्।
फिल्मको पटकथा तथा संवाद लेखनमा निर्देशन अनिल बुढा मगरलाई विनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन्।
फिल्ममा दयाहाङ र मिरूनासहित बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ। सुसन प्रजापतिको छायांकन रहेको फिल्ममा कृष्ण भण्डारीको सम्पादन छ।
फिल्म शुक्रबारदेखि नेपाल र विदेशमा एकसाथ रिलिज हुन लागेको हो।
एमएसएमले अष्ट्रेलियाले सिनेमाको विदेश प्रदर्शन अधिकार लिएको छ। नेपालमा आरआर फिल्मसले वितरण गर्दैछ।