दीपेन्द्र के. खनालको निर्देशनमा निर्माण हुन लागेको फिल्म 'घर नम्बर २' मा अभिनेता खगेन्द्र लामिछाने अनुबन्धित भएका छन्।
दुई वर्षअघि रिलिज भएको फिल्म 'के घर के डेरा' को दोस्रो श्रृंखलाको रूपमा यो फिल्म निर्माण हुन लागेको हो।
फिल्मलाई साउनको २५ गतेबाट छायांकनमा लैजाने तयारी छ।
निर्माताले प्रि–प्रोडक्सनको कामलाई तिव्रता दिएको छ। जसअनुसार फिल्मको मुख्य भूमिकामा खगेन्द्रलाई फाइनल गरिएको हो। फिल्ममा अनुबन्ध भएसँगै खगेन्द्रले राम्रो टिम र राम्रो कथामा काम गर्न पाउँदा खुसी लागेको बताए।
ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा अन्य कलाकारहरू छनोटको क्रममा रहेको
निर्माणपक्षले बताएको छ।
यो फिल्ममा पटकथा साहित्यकार बुद्धिसागरले लेखेका हुन्।
शरद श्रेष्ठ, किरण महर्जन र राजिव श्रेष्ठ निर्माताको रूपमा छन्। कार्यकारी निर्मातामा युवराज कार्की छन्।
फिल्ममा सामाजिक कथालाई रोचक तरिकाले प्रस्तुत गर्ने तयारी गरिएको निर्देशक खनालले बताए।
फिल्मलाई काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्ने पक्का भइसकेको छ।