गुरूङ समुदायको संस्था 'तमु धिं नेपाल' ले प्रदर्शनरत फिल्म 'घरज्वाइँ' मा समावेश रोधीसँग सम्बन्धित प्रस्तुतिलाई सम्पादन गर्न आग्रह गरेको छ।
उक्त संस्थाले फिल्ममा प्रयोग गरिएको रोधी संस्कृतिसँग सम्बन्धित केही दृश्य र संवाद रोधीको मर्म विपरीत रहेको बताउँदै हटाउन माग गरेको हो।
विज्ञप्तिमा भनिएको छ, 'नकारात्मक वा भ्रमित हुने गरी रोधीसँग सम्बन्धित प्रस्तुतिलाई तत्काल बन्द गर्न अनुरोध छ। रोधीको सट्टा फिल्म छायांकन, कथा, विषयवस्तु केन्द्रित क्षेत्रकै शब्दावली प्रयोग गर्न सुझाव राख्दछौं।'
गत शुक्रबारदेखि प्रदर्शनमा आएको 'घरज्वाइँ' आजबाट दोस्रो सातामा प्रवेश गरेको छ।
अनिल बुढा मगरको लेखन एवं निर्देशन रहेको फिल्ममा जनक घर्ती मगरको लगानी छ।
दयाहाङ राई र मिरूमा मगर फिल्ममा शीर्ष भूमिकामा छन्।