वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन्।
कार्यक्रमको शिलशिलामा विराटनगर पुगेका आचार्यको नाकबाट रगत बगेपछि त्यहाँस्थित बिराट नर्सिङ होममा भर्ना गरिएको हो।
उनको स्वास्थ्य अवस्था बुझ्न कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की पनि अस्पताल पुगेका थिए।
उनले आचार्यको अवस्था सामान्य रहेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।