चर्चित भ्लगर सिसन बानियाँको सपना फिल्म मेकिङ पनि हो।
'द होलटाइमर्स' बाट उनले फिल्म निर्माणमा हात हालिसकेका छन्।
सशस्त्र द्वन्द्वको कथावस्तुमा बनेको यो फिल्म सुरूमा फेस्टिभल र त्यसपछि हलमा रिलिज गर्ने तयारी छ।
यसैबीच सिसनले फिल्म कम्पनीको घोषणा गरेका छन्।
उनले फिल्म कम्पनी 'रेन वेभ प्रिक्चर्स' सुरूआत गरेको फेसबुकमार्फत जानकारी दिएका हुन्।
पटकथा लेखक, सिनेमेटोग्राफर, अभिनेता, निर्देशक, निर्माता र महत्वाकांक्षी फिल्म निर्माताहरूलाई फिल्म बनाउन एकसाथ आउनको लागि 'रेन वेभ' प्लेटफर्मको रूपमा रहने बताएका छन्।
यो प्लेटफर्मले लगानी, निर्माण र वितरणको दबाबबाट टाढा राख्ने बताएका छन्।
आफूहरू अहिले केही महिनापछि छायांकन सुरू हुने दोस्रो फिल्मको काम गरिरहेको समेत सिसनले बताएका छन्।