दीपेन्द्र के. खनालको निर्देशनमा निर्माण हुन लागेको फिल्म 'के घर के डेराः घर नम्बर २' मा अभिनेता निश्चल बस्नेत अनुबन्धित भएका छन्।
फिल्मको मुख्य भूमिकामा उनलाई अनुबन्धित गरिएको निर्देशक खनालले जानकारी दिए।
फिल्ममा अनुबन्धित भएपछि निश्चलले कथावस्तु बलियो रहेकाले आफू काम गर्न तयार भएको बताए।
यो फिल्ममा यसअघि अभिनेता खगेन्द्र लामिछाने अनुबन्धित भइसकेका छन्। निश्चलको प्रवेशसँगै कलाकारको लाइनअप बलियो बन्ने देखिएको छ।
अझै ४ जना कलाकारलाई मुख्य भूमिकामा अनुबन्धित गर्न बाँकी रहेको निर्माणपक्षले बताएको छ।
ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मको पटकथा साहित्यकार बुद्धिसागरले लेखेका हुन्।
फिल्ममा शरद श्रेष्ठ, किरण महर्जन र राजिव श्रेष्ठ निर्माताको रुपमा छन्। युवराज कार्की फिल्मका कार्यकारी निर्माता हुन्।
साउनको २५ गतेबाट फिल्मको छायांकन सुरू हुने जनाइएको छ।
फिल्मलाई काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्ने पक्का भइसकेको छ।