अभिनेता सुशील श्रेष्ठको साढे चार वर्षपछिको फिल्म 'आउट लः दफा २१९' को टिजर सार्वजनिक गरिएको छ।
सोमबार सार्वजनिक टिजरमा सुशीललाई एक्सन अवतारमा देखाइएको छ। उनका द्वन्द्धका दृश्यहरूलाई प्राथमिकता दिइएको छ। टिजरको मेकिङ स्तरीय देखिन्छ।
विक्की महर्जनको लेखन तथा निर्देशनमा एक्सन–थ्रिलर जनरामा फिल्म बनेको हो।
फिल्ममा सुशीलका साथमा नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरूङ, सोनी लागुन, विशाल पहारीलगायत कलाकारहरूको अभिनय छ। यो सुशीलको 'लभ डायरीज' पछिको फिल्म हो।
फिल्ममा अमित अग्रहरी निर्माताको रूपमा छन्।
विनोद कडायत कार्यकारी निर्माता रहेको फिल्ममा विकास चौधरी सह–निर्माता छन्।
नविन गुरूङको डिओपी, चुल्ठे काजीको एक्सन निर्देशन रहेको फिल्मलाई साहिल खानले सम्पादन गरेका हुन्।
फिल्म संविधान दिवसको अवसर पारेर असोज ३ गते रिलिज हुनेछ।