नेपाल चलचित्र विकास बोर्डबाट अभिनेता भुवन केसी बिदा भएका छन्।
अध्यक्षको रूपमा २ वर्षको कार्यकाल पुरा गर्दै उनी बोर्डबाट बिदा भएका हुन्। २०७९ साउन ९ गते बोर्ड अध्यक्षमा नियुक्त केसीको २ वर्षको कार्यकाल मंगलबार सकिएको थियो।
बिहीबार बोर्डको हलमा आयोजित समारोहमा मायाको चिनो प्रदान गर्दै उनको बिदाइ गरिएको हो।
सो अवसरमा २ वर्षे कार्यकालका मुख्य उपलब्धिहरू समेटिएको पुस्तक समेत विमोचन गरिएको थियो।