र्याप रियालिटी शो 'नेपहपको श्रीपेच' को दोस्रो संस्करणको प्रसारण सुरू भएको छ।
बिहीबार कान्तिपुर टेलिभिजनबाट ‘नेपहपको श्रीपेच २’ को ग्राण्ड प्रिमियरसँगै प्रसारण सुरू गरिएको हो।
प्रिमियरमा कार्यक्रमका जज साथै मेन्टरहरूले पनि प्रस्तुति दिएका थिए।
यसमा ५ हजारभन्दा धेरै प्रतियोगीहरूको डिजिटल अडिसन प्राप्त भएको थियो भने त्यसमध्येबाट ५ सय उत्कृष्ट छनौट गरी फिजिकल अडिसन लिइएको थियो।
कार्यक्रम हरेक बिहीबार र शुक्रबार कान्तिपुर टेलिभिजनमा ९ बजे प्रसारण हुनेछ भने प्रतियोगिता ३२ एपिसोडको हुनेछ।
'नेपहपको श्रीपेच २' को विजेताले १० लाख रूपैयाँ नगद, वल्र्र्ड टुरको अवसर एवं विभिन्न ब्रान्ड इन्ड्रोसमेन्टहरू प्राप्त गर्नेछन् भने उपविजेताले नगद ५ लाख रूपैयाँका साथै विदेशमा प्रस्तुतिको अवसर प्राप्त गर्नेछन्। हालसम्म कार्यक्रमको अस्ट्रेलिया, अमेरिका र दुबई टुर पनि कन्फर्म भइसकेको छ।
दामी मिडियाको प्रस्तुति रहेको 'नेपहपको श्रीपेच –२' को कन्सेप्ट तथा डिजाइन सुदिप पोखरेलले गरेका हुन् भने कार्यकारी निर्माताका रूपमा रोशन कुमार श्रेष्ठ छन्।
कार्यक्रममा निर्णायकको रूपमा मानस घले, गिरीश खतिवडा र महेश तामाङ 'दोङ' छन्। यसमा यसअघि पहिलो सिजनमा जजको रूपमा हाल काठमाडौँका मेयर रहेका बालेन साह पनि थिए।
शोमा मेन्टरको रूपमा पहिलो सिजनको विजेता भाईबर साइमन, भ्योमा र ‘याबी द गोट’ रहेका छन्।
शोलाई निकेश खड्काले निर्देशन गर्दैछन्।
कार्यक्रम सञ्चालकको रूपमा सुजता श्रेष्ठले नै निरन्तरता पाएकी छन्।
शोको डिटिजल पार्टनरका रूपमा ओएसआर रियालिटी रहेको छ।