नेपाली फिल्म 'पिताम्बर' को भदौमा दोस्रो चरणमा छायांकन हुँदैछ। त्यसका लागि कलाकार, निर्देशकसहितको टिम अहिले वर्कसपमा छन्।
काठमाडौं थापागाउँस्थित कान्तिपुर फिल्म एकेडेमीमा वर्कसप चलिरहेको निर्देशक कृषा चौलागाईले जानकारी दिइन्।
भदौ १ गतेदेखि छायांकनमा जाने फिल्ममा कलाकारको लाइनअप बलियो छ।
फिल्ममा सौगात मल्ल, प्रदीप खड्का, आँचल शर्मा, प्रमोद अग्रहरी, अनुप विक्रम शाही, दिव्य देव, सुरक्षा पन्त, कामेश्वर चौरासिया, सुपुष्पा भट्ट, गौरव बिष्ट, र बिशाल पहारीको अभिनय रहनेछ। फिल्मको पहिलो चरणको छायांकन गत वर्षको फागुनमा नवलपरासीमा गरिएको थियो।
केपी फिल्मस्ले पुरुषोत्तम प्रधान फिल्मस्सँग सहकार्य गरेको फिल्मका छायांकार पुरुषोत्तम प्रधान हुन्। प्रदीप भारद्धाजको लेखन रहेको फिल्मको निर्मातामा विशाल चौलागाई छन्। फिल्मको बजेट ५ करोड बताइएको छ।
'पिताम्बर' निर्देशक कृषाको 'ऐंचो पैंचो' पश्चात दोस्रो निर्देशकीय फिल्म हो। यसलाई उनले आफ्नो ड्रिम प्रोजेक्ट रहेको बताएकी छन्।