एक्सनप्रधान नेपाली फिल्म ‘१२ गाउँ’ अहिले पोस्ट पोडक्सनमा छ।
दसैंमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको डबिङको काम भइरहेको छ।
अभिनेता एवं निर्देशक विराज भट्टले फिल्मको डबिङको काम भइरहेको जानकारी दिए। उनले सामाजिक सञ्जालमा डबिङका तस्बिर सेयर गरेका छन्।
उनका छोरा समीर भट्टले आफ्नो भागको डबिङ गरिरहेका छन्। त्यस्तै, अभिनेत्री न्यान्सी खड्काले डबिङ गरेकी छन्। ‘१२ गाउँ’ समीर र न्यान्सी दुवैको डेब्यु फिल्म हो।
त्यस्तै, शुलेमान शंकर 'इकु' ले पनि यो फिल्मको डबिङ सकेका छन्।
विराजले ‘१२ गाउँ’ मा उच्च स्तरीय एक्सन पस्किएको बताएका छन्। यसमा दक्षिण भारतीय फिल्मका एक्सन कोरियोग्राफरले काम गरेका हुन्।
फिल्ममा विराज स्वयंले अभिनय गरेका छन्। साथमा समीर र न्यान्सीसहित सनिशा भट्टराई, मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुनजंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय छ।
विराज भट्ट फिल्म पोडक्सनको प्रस्तुतीमा निर्माण भएको फिल्मको केही दिनमा टिजर ल्याउने तयारी छ। फिल्मको कथावस्तुमा पनि यसपटक विशेष मेहनत गरिएको विराजको भनाइ छ।