फिल्म 'खुस्मा' को टिजर सार्वजनिक गरिएको छ।
केन्द्र मोशन पिक्चर्सको युट्युबमा सार्वजनिक टिजरमा मुख्य दुई पात्रको मिठासपूर्ण प्रेमभाव र माओवादी द्धन्द्वले गाउँमा पारेको प्रभावलाई प्रस्तुत गरिएको छ।
शीर्ष भूमिकामा अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीले अभिनय गरेका छन्।
यो फिल्मलाई अशोक थापा मगरले लेखन एवं निर्देशन गरेका हुन्। उनले यसअघि केही डकुमेन्ट्री फिल्म लेखन तथा निर्देशन गरे पनि यो नै ठूलो पर्दाको पहिलो निर्देशकीय फिल्म हो।
डकुमेन्ट्री फिल्मबाट निर्देशक थापाले विभिन्न आवार्ड प्राप्त गरिसकेका छन्।
'खुस्मा' को निर्मातामा वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेतान मगर र मान बहादुर धनहा मगर छन्। सह–निर्माता सुस्मिता बुढाथोकी हुन्। मोहन राई कार्यकारी निर्माता रहेको फिल्ममा दिपक बज्राचार्यको छायांकन छ।
फिल्ममा धिरज र उपासनाका अलवा माओत्से गुरूङ, राज थापा काउचा, विजय सुब्बा, सुजाता राई, अस्तित्व भट्टचन, अरूण मगर, राजु रेग्मी मगर, संगीता थापा, खड्ग बहादुर पुन (खबपु) लगायत कलाकारहरूको अभिनय छ।
मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित फिल्मले जनयुद्धको प्रभावकाबीच अंकुराएको प्रेमलाई पर्दामा देखाउने जनाइएको छ।
आगामी असोज ३ गते संविधान दिवसको अवसर पारेर प्रदर्शनमा आउने तयारीमा रहेको 'खुस्मा' लाई गोविन्द शाहीको काफिया फिल्मस्ले वितरण गर्नेछ।
टिजरः