ब्रिटिस काउन्सिलले ‘इक्वेल टुगेदर २०२५’ कार्यक्रममा सहभागी हुन आवेदन खुला भएको छ। लैंगिकता, कला र संस्कृतिबारे ज्ञान र सीप परिस्कृत गर्न चाहनेले यो आवेदन भर्न सक्छन्।
आवेदनमा छनोट भएका सहभागीले लैंगिकता र कला सेमिनारमा सहभागी भई छलफल र अर्न्तक्रिया गर्न सक्छन्। आवेदन दिएकामध्ये ५० जना सहभागीलाई काठमाडौंमा आयोजना हुने दुई दिनको सेमिनारमा भाग लिने अवसर दिइनेछ।
त्यसमध्येका १० जनाले अनुदान र मेन्टरसीप (विज्ञबाट रायसुझाव) पनि प्राप्त गर्नेछन्। लैंगिक असमानताको मुद्धालाई सम्बोधन गर्ने सृजनात्कम परियोजनालाई १ लाख ५० हजारदेखि १० लाखसम्म अनुदान दिइनेछ।
त्यसबाट तयार भएको कामलाई सहभागीले सार्वजनिक कार्यक्रममा प्रस्तुत गर्ने मौका पाउनेछन्। ब्रिटिस काउन्सिलका अन्य कार्यक्रम साथै सन् २०२६ मा हुने वुमन अफ द वर्ल्ड नेपाल फेस्टिभल ‘वाउ फेस्टिभल’ मा सहभागी हुने मौका पनि पाउनेछन्।
यस परियोजनामा भिजुअल आर्ट, कलाकौशल, खेल, भर्चुअल रियालिटीसहितका रचनात्मक प्रविधिका साथै फेसन, साहित्य, संगीत, फिल्म, नृत्य, नाटक र डिजिटल/मिडिया आर्टस् लगायत गतिविधि समेट्न सकिन्छ । एक भन्दा बढी कलालाई परियोजनामा समावेश गर्न पाइन्छ।
यही बुधबारसम्म आवेदन भर्न सकिनेछ।
