बंगाली फिल्मका माध्यमबाट भारतिय फिल्मलाई विश्च सिनेमा मानचित्रमा महत्वपूर्ण बनाएका सत्यजित रे विश्व सिनेमा जगतले पाएको एक अभूत्पूर्व फिल्म प्रतिभा हुन्। फिल्ममा उनको आफ्नो बेग्लै चरित्र र परिचय छ। विश्व चर्चित जापानी फिल्म निर्देशक अकिरा कुरुशोभाको एउटा भनाइले उनी को हुन् भनेर बुझ्न काफी हुन्छ। उनको बारेमा कुरूशोभाले यस्तो भनेका थिए : रेका सिनेमा नहेर्नु भनेको संसारमा चन्द्र र सूर्य नहेरी संसारमा बाँचेजस्तो हो।
'पाथेर पाञ्चाली' फिल्मको डेब्यूले पश्चिमा सिनेवृत्तका आँखालाई अवाक बनाएका रेले चालिस वर्ष लामो आफ्नो फिल्म यात्रमा थुप्रै फिल्म बनाए। बनाएका सबैजसो फिलमका लागि तारिफ बटुलेका रेका पाँच उत्कृष्ट फिल्म भने यी हुन् :
पाथेरपञ्चालीविश्व सिनेमाको एक महानतम निर्देशकिय डेब्यू मध्यको एक फिल्म 'पाथेर पञ्चाली'ले नयाँ फिल्मकारको आगमन मात्र इंगित गरेन, यसलाई पश्चिमा फिल्म समिक्षकहरूले गतिलो तारिफ गरे। यससँगै सिनेमाले विश्व सिनेमा मानचित्रमा भारतिय सिनेमाको परिचयको सुरूवात गर्यो।
भारतिय फिल्म निर्माण दशकौ देखि दरिलो गरी उपस्थित भइसकेको छ। यसको उमेरले दशक छिचोल्दै शदाब्दी नघाइसकेको छ। तर सन् १९५६ मा कान फिल्म फेस्टिवलमा जसले सत्यजित रेको प्रवेश हेरे, उनीहरूले भारतिय सिनेमाको सांगितिक र मेलोड्रामाको आफ्नो ट्रेडमार्कबाट बिल्कुलै फरक कथनको साक्षी बन्न पुगे। रेका फिल्मले मिहिन ढंगमा भनिएको मानविय ड्रामा आफ्नो सिनेमामा प्रस्तुत गरेको थियो। त्यो सिनेमामा रे आफू सहायक भएर काम गरेका जीन रेनोएर तथा 'नियोरियालिस्ट' फिल्म 'बाइसाइकल थिभ्स'बट प्रभावित थियो। लन्डनमा ती फिल्म पहिलोपटक हेरेपछि युवा रे ती सिनेमाबाट अत्यन्त प्रभावित भएका थिए।
'पाथेर पञ्चाली' सन् १९२९ ग्रामिण वंगालमा गरिबीमा हुर्किएको एक बालकको कथामा आधारित उपन्यासको फिल्मी रूपान्तर थियो। रे ले त्यसपछि अप्पुलाई पछ्याउँदै थप दुई सिनेमा- 'अपराजितो(१९५६) र 'द वर्ड अफ अप्पु(१९५९) बनाए। ती सिनेमामा व्यस्क भएपछि उच्च शिक्षा अध्ययनका लागि कलकत्ता पुग्ने 'अप्पु' र उसका भोगाईहरू पेस गरेको छ। आज 'अप्प ट्राइलोजी' रेको सर्वाधिक चर्चित सफलताका रूपमा रहन पुगेको छ।
द म्यूजिक रूप (१९५८) : रेले सन् १९५७ मा आफ्नो 'अपु ट्राइलोजी' भन्दा अगाडी 'द फिलोसोफर्स स्टोन' कमेडी बनाए। फिल्म बंगालका एक उमेरको ढलानमा रहेका जमिन्दार र उनको विगतसँगको सम्बन्धको कथा भन्छ। सन् १९२०को परिदृश्यमा भनिएको फिल्ममा भारत सरकारले जमिनदारी प्रथाको अन्त्य गरेपछि एक जमिनदारमा आएको परिवर्तनको कथा फिल्ममा प्रस्तुत गरेका छन्। छवि विश्वासले फिल्ममा 'रोय'नामक जमिनदारको भूमिका निभाएका छन्। जमिनदारी प्रथाको उन्मूलनपछि ती जमिनदारले कसरी बाहिरी संसारमा आएको परिवर्तनबाट क्षुब्द बन्छन् र आफूलाई शास्त्रिय संगीतमा आफूलाई भूल्याउँछन् भन्ने कुरा पेस गरिएको छ। रेले रोयोको जीवनलाई सिनेमामा आतिशबाजीको चमक, बलिरहेको बत्ती र पाहुनालाई देखाउनका लागि गर्ने सांगीतिक प्रस्तुतमा गर्ने फजुल खर्च देखाउँदै जमिनदारको मनोभावलाई उतारेका छन्। फिल्ममा देखाइएको चट्याङ, र गिलासमा डुब्ने किरा तथा तस्विरमाथी हिडिरहेको माकुराका दृश्यबाट रोयको पूर्खाहरूको शान देखाउँदै , त्यो कसरी रोम जलेजसरी जलिरहेको छ भनेर सिनेमामा देखाएका छन्। यस फिल्मलाफ 'द लाइफ एण्ड डेथ अफ कर्नेल ब्लिम्प'(१९४३) वा ; 'लियोपार्ड' (१९६३)सँग तुलना गरिन्छ। यी फिल्ममा पनि परिवर्तित समयसँगै कुनै समय आफ्नो बेग्लै वैभवमा बाँचेका वृद्धहरूको कथा देखाइएको छ। रेले यो फिल्ममा एउटा बुढो मानिस कसरी आफ्नो विस्मृतिका भ्रममा आफूलाई हराउँछन् भनेर सटिक रूपमा चित्रण गरिएको छ।
रेको यो फिल्मलाई बलियो दृश्यभाषा भएको फिल्मका रूपमा प्रशंसित छ। धेरैले छायाँकार सुब्रता मित्राले उत्कृष्ट काम गरेको भनेर प्रशंसा पनि गर्ने गरेका छन्। यसको संगीत पनि उस्तै गरि प्रशंसित छ।
दबिगसिटी (१९६३) : फिल्ममा एउटा दृश्य छ, जसमा आरती मजुमदार (माधवी मुखर्जी)ले आफ्नो पति सुब्रता ( अनिल चटर्जी)तर्फ फर्कदै यसो भन्छिन्, 'मलाई तपाईले काममा देख।नुभयो भने सायद मलाई चिन्नु हुनेछैन्।' उनले यसो भनिरहँदा उनको नयाँ अनुभवका कारण उनको आँखामा एउटा गर्वले भरिएको चम्किलो आँखाभाव देखिन्छ।
'अनि घरमा?' भनेर सुबर्तले हारेको शैलीमा जवाफ फर्काउँदा फिल्मको दृश्यमा उनी आफ्नो पत्नीप्रति ईष्यालु देखिन्छन्। आफूले माया गर्ने आज्ञाकारी पत्नीमा देखिएको बदलावलाई स्विकार्न उनीमा देखिएको संघर्ष यस दृश्यमा गज्जबको लाग्छ। फिल्मले एउटा घरभित्र सिमित एक गृहिणीको काम गर्न थालेपछी बाहिरी संसारसँगको नयाँ अनुभव फिल्ममा देखाइएको छ। आफ्नो गृहिणीको भूमिकामबाट फराकिएको नयाँ भूमिकाले उनमा आउने परिवर्तन र आश्चर्यले सिनेमालाई विशेष बनाएको छ। यस फिल्मबाट रेले महिला घरि भित्रमात्र सिमित हुनुपर्छ भन्ने मनोविज्ञानलाई कलताकत्ता शहरमा विस्तारै प्रवेश गरिरहेको आधुकता र महिलावादलाई फिल्मको माध्यमबाट पस्केका छन्। फिल्ममा रे आफूद्वारा रचित संगीत पनि उत्तिकै अब्बल छ।
फिल्म यसको न्यारेटिभ स्टाइलका लागि प्रशंसित छ। त्यस्तै कलाकारहरूको संवेदनशिल अभिनयले पनि फिल्मलाई एउटा उच्च स्तर प्रदान गरेको छ।
चारूलता (१९६४) : 'अप्पु टार्इलोजी' पछि रे ले आफूले कथामा स्वाद नभेटको स्वीकार गरेका छन्। चारूलता उनले स्वाद नभेटेको आफ्नै गुनासोको सहि जवाफ हो। फिल्ममा सन् १८८० को समयमा कलकत्ताका घर तिन्का स्थापित आधारहरूमा एउटी नारीको कथा पेस गरिएको छ। फिल्मले कामका कारण धनी पतिले समय दिन नसकेकी पनि एकाकीमा रहेकी एक महिलाले पढेर र बहिर सडकमा हिँड्ने बटुवामाथी घरको नजर राख्छिन्। यस्तैमा उनका पतिका काकाका छोराको आगमनपछि उनीभित्र पाउने इच्छाहरूले कसरी उनलाई लेख्न प्रेरित गर्छ भनेर फिल्ममा देखाइएको छ। यस फिल्मले पुरूषप्रधान ठुला शहरमा महिलाले आफूलाई कसरी जागृत गराउँदै आफ्नो उदेश्यलाई ताजा गर्नछिन भनेर प्रस्तुत गरिएको छ।
डेजएण्डनाइटसइनदफरेस्ट(१९७०) : महान फ्रेञ्च फिल्म निर्देशक जीन रेनोएरसँग सुरूवाती समयमा काम गरेका रेले यस फिल्म जीनप्रति समर्पित छ। फिल्ममा उनले एक दृश्यबाट सो काम गरेका छन्। जीनको 'द रूल्स अफ द गेम' फिल्म जस्तै यस फिल्मले ग्रामिण क्षेत्रमा छुट्टी मनाउन गएका मउयम वर्गिय मानिसहरूको कथा भन्छ। फिल्ममा कलकत्ताबाट दुर्गम बिहारको सडक यात्रामा निस्केका चार युवा साथीहरू कथा भन्छ। यात्रमा उनीहरूले गर्ने अनुभव र सिक्ने पाठका लागि यो फिल्म उदाहरणिय छ। यस फिल्मलाई 'टाइम आउट' पत्रिकाका समिक्षक टम मिलेनले रेको 'मास्टरपिस सिनेमा' भनेका छन्।
(एजेन्सीको सहयोगमा अशेष अधिकारी)