बलिउड अभिनेता अक्षय कुमार 'सिंह इज किङ २' बाट हटेका छन्।
सन् २००८ मा प्रदर्शन भएको फिल्मबाट उनले चर्चा पाएका थिए। फिल्ममा उनले ह्याप्पी सिंहको भूमिका निर्वाह गरेका थिए। तर दोस्रो सिक्वेलमा उनी देखिने छैन।
यसको सिक्वेलमा रणवीर सिंह वा दिलजीत दोसाँझ देख्न सकिने बताएको छ। तर कसलाई राख्ने भनेर अक्षय कुमारले छनोट गर्नेछन्। भारतीय सञ्चारमाध्यम पिंकभिलाका अनुसार फिल्मको ५० प्रतिशत सेयर अक्षय कुमारसँग छ।
फिल्मका निर्माता शैलेन्द्र सिंहले हालै फिल्मको सिक्वेल बन्ने घोषणा गरेका हुन्। सन् २०१५ मा अक्षय कुमार अभिनीत फिल्म 'सिंह इज ब्लिङ' प्रदर्शन भएको थियो। दर्शकहरूले यसलाई 'सिंह इज किङ' को सिक्वेल बताएका थिए। तर अक्षय कुमारले दुई फरक फिल्म रहेको बताएका थिए।