बलिउड अभिनेता विक्रान्त मासे अभिनीत फिल्म 'द साबरमती रिपोर्ट' ले भारतीय बक्स अफिसमा औसत कमाइ गरिरहेको छ।
भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार फिल्मले चार दिनमा ७ करोड ४५ लाख भारू कमाएको छ। १ करोड २५ लाखमा ओपनिङ गरेको फिल्मले दोस्रो दिन २ करोड २१ लाख, तेस्रो दिन ३ करोड र चौथो दिन १ करोड १० लाख भारू कमाएको हो।
फिल्ममा सन् २००२ मा गोधरा रेलवे स्टेशन नजिक साबरमती एक्सप्रेसमा घटेको घटनालाई देखाइएको छ।
धिरज सरनाले निर्देशन गरेको फिल्म 'द साबरमती रिपोर्ट' मा विक्रान्त मासेसँगै राशि खन्ना र रिद्धि डोगराको मुख्य भूमिका छ। फिल्म बालाजी टेलिफिल्म्सको ब्यानरबाट निर्माण गरिएको हो।