बलिउड फिल्म क्षेत्रमा हरेक वर्ष फरक-फरक जनराको फिल्म रिलिज हुन्छ।
एक्सन, रोमान्टिक, कमेडी, हरर, साइन्स फिक्सन जस्ता जनराका फिल्म दर्शकले खूब मन पराउँछन्। केही फिल्मले सफलता पाउँछन् भने केही फिल्म बक्स अफिसमा फ्लप हुन्छन्। हाल बलिउड हरर फिल्मको क्रेज बढी छ।
बलिउडमा यस्तो फिल्म पनि छ एक नाममा ६ पटक फिल्म बनेको छ। फिल्मको नाम हो 'राज'। हरेक फिल्मलाई दर्शकले सिनेमा हलमा साथ पनि दिएका थिए।
पहिलो पटक यस नामबाट सन् १९६७ मा फिल्म बनेको थियो। यस फिल्ममा राजेश खन्ना र बबिता मुख्य भूमिकामा थिए। फिल्मलाई रवीन्द्र दवेले निर्देशन गरेका थिए।
दोस्रो पटक यस नामबाट सन् १९८१ मा फिल्म बनेको थियो। फिल्ममा राज बब्बर र सुलक्षणा पण्डितको मुख्य भूमिका थियो। फिल्मलाई हरमेश मल्होत्राले निर्देशन गरेका थिए।
तेस्रो पटक यस नामबाट सन् २००२ मा फिल्म बनेको थियो। फिल्ममा बिपाशा बसु र डिनो मोरियाको मुख्य भूमिका थियो। फिल्मलाई विक्रम भट्टले निर्देशन गरेका थिए।
चौथो पटक बन्दा फिल्ममा अन्य शब्द पनि जोडियो। फिल्मको नाम थियो, राज- द मिस्ट्री कन्टिन्यूज। सन् २००९ मा बनेको फिल्म इमरान हाशमी, कंगना रनावत, अध्यन सुमनको मुख्य भूमिका थियो। फिल्मलाई मोहित सूरीले निर्देशन गरेका थिए।
सन् २०१२ मा रिलिज भएको फिल्म 'राज ३' मा बिपाशा बसु, इमरान हाशमी र इशा गुप्ताको मुख्य भूमिका थियो। फिल्मलाई विक्रम भट्टले निर्देशन गरेका थिए।
सन् २०१६ मा रिलिज भएको फिल्म 'राज रिबूट' मा इमरान हाशमी, कृति खरबन्दा र गौरव अरोडाको मुख्य भूमिका थियो। फिल्मलाई विक्रम भट्टले निर्देशन गरेका थिए।