बलिउड अभिनेता रणदीप हुड्डा यतिबेला फिल्म 'जाट' लाई लिएर चर्चामा छन्।
यस फिल्ममा उनले खलनायकको भूमिका निर्वाह गरेका छन्। यसैबीच रणदीपले एक अन्तर्वार्तामा आफ्नो फिल्मी करियरमा केही पछुतो लाग्ने निर्णय लिएको बताएका छन्।
उनले शुभांकर मिश्राको पडकास्टमा भनेका छन्, 'मलाई रंग दे बसन्तीमा भगत सिंहको भूमिका अफर गरिएको थियो। मैले अडिसन पनि दिएको थिएँ र उनीहरूलाई मेरो काम पनि मन परेको थियो। राकेश ओमप्रकाश मेहरा मसँग धेरै पटक भेट्न पनि आएका थिए। तर त्यस समयमा म फिल्म क्षेत्रको दुई व्यक्तिलाई मात्र चिन्थे- मेरी प्रेमिका र निर्देशक राम गोपाल वर्मा। छोटो भूमिका कारण मेरी प्रेमिकाले फिल्म नखेल्न बताएकी थिइन्।'
त्यतिबेला राम गोपालले पनि भनेका थिए, 'म तिमीलाई मेरो फिल्ममा मुख्य भूमिका दिन्छु। यस फिल्ममा त तिमी आमिर खानको पछाडि उभिन्छौं।'
रणदीप भन्छन्, 'मैले त्यतिबेला घमण्डमा आएर रंग दे बसन्ती अस्वीकार गरेँ। मैले सधैं केही फरक फिल्ममेकर्ससँग काम गरे। त्यही भएर मेरो ग्रोथ कम भयो जस्तो लाग्छ।'