शुक्रबारदेखि प्रदर्शनमा आएको भारतीय फिल्म 'धडक २' ले बक्स अफिसमा औसत सुरूआत गरेको छ।
सिनेमा हलमा 'सैयारा' को दबदबा कायमै रहेको अवस्थामा प्रदर्शनमा आएको फिल्मले सुखद् सुरूआत गर्ने अपेक्षा गरिएको थियो। तर सिद्धान्त चतुर्वेदी र तृप्ती डिमरी अभिनीत यो लभस्टोरी फिल्मले अपेक्षाभन्दा कम व्यापार गरेको हो।
भारतीय संचारमाध्यमका अनुसार फिल्मले दुई दिनमा भारतमा ७ करोड २५ लाख भारू नेट कमाएको छ। शुक्रबार ३ करोड ५० लाख र शनिबार ३ करोड ७५ लाख भारू कमाएको हो।
'धडक २' लाई जी स्टुडिओ, धर्मा प्रोडक्सन र क्लाउड ९ पिक्चर्सले प्रस्तुत गरेको हो। शाजिया इकबालको निर्देशन रहेका ‘धडक २’ हिट फिल्मको सिरिज हो। करण जोहरसहितले यसलाई निर्माण गरेका हुन्।
यसैबीच, 'सैयारा' ले भने तेस्रो सातामा पनि आफ्नो बलियो बक्सअफिस दौड जारी राखेको छ। आइतबारसम्ममा फिल्मले भारतीय बक्स अफिसमा ३ सय करोडको आँकडा पार गर्ने अनुमान गरिएको छ।
नेपालमा पनि फिल्मले राम्रो कमाइ गरेको छ।