मोनिका झा भिजुअल आर्टिस्ट र फोटोग्राफर हुन्। झापामा जन्मेकी उनले भारतबाट समाजशास्त्र तथा मानव अधिकार विषयमा ग्र्याजुएट डिग्री हासिल गरेकी छिन्।
केही समयअघि मोनिकाले 'अ स्टोरी अफ ट्रान्जिसन' शीर्षकमा फोटो-कथा तयार पारेकी छन्।
उनको यो फोटो-कथा भ्वाइसेस अफ विमेन मिडिया संस्थाको 'शी इज द स्टोरी' कार्यक्रमको सहजीकरणमा तयार भएको हो। संस्थाले १३ जना महिला फोटोग्राफरहरूले तयार पारेको फोटो-कथाहरू समेटेर किताब पनि प्रकाशन गरेको छ।
मोनिकाले बिना तामाङको फोटो-कथा तयार पारेकी छन्।
ललितपुरमा जन्मेकी बिनाले आफ्नो भविष्यको बाटो खोज्दै १३ वर्षको उमेरमा घर छाडेर काठमाडौं आइन्। घर खर्चमा भरथेग गर्न काम गरिन्।
१७ वर्षको कलिलो उमेरमा उनले अन्तरजातीय बिहे गरिन्। विगत सात वर्षदेखि उनी श्रीमानका साथमा बागडोलमा बसिरहेकी छन्। उनी त्यही डेराको कोठालाई आफ्नो घर मान्छिन्।
गत वर्ष आफ्नी आमा गुमाएपछि २५ वर्षे बिनाको मनमा आफ्नो पहिचानबारे अनेक प्रश्न आउन थालेका छन्।
बिना भन्छिन्, 'आमा बाँचिरहनुभएको भए मलाई मेरो नागरिकता पाउन सजिलो हुन्थ्यो। अहिले त मलाई आफ्नो पहिचान के हो वा मेरो के हो भन्ने केही थाहा छैन जस्तो लाग्छ।'
महिलाको विविध र अन्तरखण्डीय प्रतिनिधित्वको लडाइँ गरिरहेकी बिना तामाङको कथा हेर्नुस् तस्बिरमाः
यी पनि हेर्नुहोस्ः