हिट गीत 'कश्मीरे पछयौरी' का गायक बाबुकृष्ण परियारले अंग्रेजी नयाँ वर्षको अवसरमा जापानमा प्रस्तुति दिने भएका छन्। यो उनको पहिलो विदेश कार्यक्रम हुनेछ।
बलेवा सेवा समाज जापानले जनवरी ४ मा आयोजना गरेको 'नयाँ वर्ष सांगीतिक साँझ' मा गायिका अस्मिता अधिकारीसँगै बाबुकृष्णले प्रस्तुति दिन लागेका हुन्।
पहिलोपटक विदेशमा गुञ्जिने तय भएसँगै बाबुकृष्णले सामाजिक सञ्जालमा समेत खुसी साटेका छन्।
यसअघि पनि उनका 'चौका दाउ' लगायतका गीत हिट थिए। यद्यपि, उनले पहिलो विदेश कार्यक्रम 'कश्मीरे पछयौरी' हिट भएपछि पाएका हुन्।
स्वदेशका कार्यक्रममा भने उनले प्रस्तुति दिइरहेका छन्।