पुन समुदायका कुलदेवता करबाकेली बाबाका विषयमा तयार पारिएका दुइटा भजन सार्वजनिक गरिएको छ।
पुन समाज नेपालले काठमाडौंमा एक कार्यक्रमकाबीच 'करबाकेली बाबा, तिम्रै शरणमा छौं' र 'करबाकेली बाबाको आशीर्वाद' शीर्षकका भजन गीत म्युजिक भिडिओसहित सार्वजनिक गरेको हो।
'करबाकेली बाबा' मा जी पुन र बबिता पाख्रिनको स्वर छ। 'करबाकेली बाबाको आशीर्वाद' मा जी पुन, बबिता पाख्रिन र दीपा तामाङले स्वर दिएका छन्।
दुवै भजनका संगीतकार पनि जी पुन हुन्। गीतकार भने चिनबहादुर पुन र राधा पुन हुन्। भिडिओलाई जी पुनले नै निर्देशन गरेका हुन्।
दुवै भजनको संयोजन समाजसेवी चामबहादुर पुनले गरेका हुन्।
भजन सार्बजनिक कार्यक्रममा समाजका उपाध्यक्ष राजु पनु, समाजसेवी चामबहादुर, गायक जी. पुन, साहित्यकार प्रभा बराल, पत्रकार अमृत भादगाउँले लगायतले सम्बोधन गरेका थिए।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडामा भिडिओ छायांकन गरिएको हो।
भिडिओ