मंसिर महिनाको आठ गतेको दिन थियो। दिनभर ल्यापटपमा काम गरेपछि बेलुका पाँच बजेतिर शरीर तन्काउन पर्यो भनेर म होस्टेलबाट निस्किएँ। म पुतलीसडकबाट बागबजार हुँदै घण्टाघर भएर जाँदै थिएँ। बाटोमा माछापुछ्रे« बैंकको एटिएम देखेँ। त्यसपछि मैले होस्टेलमा तिर्ने पैसा निकाल्ने निर्णय गरेँ।
त्यो बेलामा होस्टेलमा महिनाको ११ हजार रुपैया तिर्नु पर्ने थियो। आम्दानी खासै नभएकोले गर्दा यो धेरै ठूलो रकम थियो। त्यसमाथि पनि आफैँले दुःख गरेर कमाएको पैसा यसरी स्वात्तै घटेको देख्दा मन चसक्क हुँदो रहेछ।्र
म एटिएमबाट बाहिर निस्किएर चार–पाँच पाइला हिँडेपछि आकाशे पूलनिनर बसेका एक व्यक्तीले मलाई बोलाए–
‘भाइ साहेब आपका नाम तो बताओ!’
ती मानिस नेपाली खासै बोल्न सक्दैनथे भन्ने मैले अनुमान गरे, तर नेपाली फाट्टफुट्ट बुझ्न चाहिँ सक्थे। कालो वर्ण, सेतो दात हाँस्दा खेरि पुरै दाँतको गिँजामा सुर्तीको कालो घेरा। उनी नेपाली त होइनन, मैले अड्कल काटेँ।
म नसुने जसरि आफ्नै पाइला चाल्दै थिएँ। उनले फेरी हात लम्क्याउँदै भने, ‘हात तो मिलाओ, हात मिलानेसे क्या होगा?’
यती भनेपछि मैले हात मिलाएँ, उनले मेरो बाँया हातमा औंठी देखे र हात मिलाएपछि दाया हात छोड्दै छोडेनन्। उनले मेरो नाम सोधे मैले सुदीप भनँ।े तर दुईतीन पटक भन्दा पनि उनले उच्चारण गर्न सकेनन्। यसपछि उनले मेरो हत्केला हेरेर भन्ने थाले– ‘मनले आँटेको केहि पुग्दैन, आफ्नो खाने मात्रै धेरै छन् खुवाउने कोही छैनन।् शनिबार दारि कपाल नकाट्नुस्।’
यो सबै उनले भन्दा म मोबाइल चलाउँदै थिएँ। उनलाई मैले त्यति चासो दिइनँ। तर मेरो हात नै उनले समातेका थिए, त्यसपछि मैले मोबाइल खल्ती मा राखेँ। रत्न पार्कमा त्यो दिने मैले हुक र मास्क लगाएर लखर लखर हिँडिरहेको थिएँ। सायद यही भएर उनले यी कुराहरू अनुमान गरेका होलान्।
मलाई उनले एकछिन हेरेपछि फेरी राशी सोधे। मकर, धनु, सिंह राशी कुन हो? मैले मकर हो भनेँ। कितने वर्ष का हो? २२,२३, २४? मैले २५ भनेँ। यती भनेपछि उनले बाकस बाट तीन–चारओटा औंठी निकाले र कुन चाहिँ लगाइदिऊँ भने।मैले केही पनि बोलिनँ, हाँसेर मात्र बसेँ। मेरो हात उनले समाते र औंठी दाया हातको साहिली औंलामा लगाइदिए र फाकफुक गरे। मन्त्र पढे। म अध्यात्ममा लागेको मान्छे, यस्तो आंैठी लगाएर फुकेर मात्र पढेको मलाई चित्त बुझेन।
मैले त्यो आंैठी लगाई दिँदै गर्दा मसँग पैसा छैन? भनेको थिएँ। उनले पैसा कुनै ठूलो कुरा होइन भन्दै लगाई दिए। पैसा ठूलो कुरो नभएको भए नेपाल आएर यसरी रत्नपार्कमा धँुवाधूलो खाँदै आंैठी बेचेर को बस्थ्यो सबै पैसाका लागि त हो नि। मैले सोचेँ।
औंठी लगाएपछि उनले मलाई यो ११ दिन सम्म नखोल भने। तर मलाई सुरु बाटै यो कुरा ठिक नलागेकोले गर्दा औठी निकाल्न प्रयास गरेँ। मैले म सँग पैसा छैन भन्दा उनले पैसा नदिए नि हुन्छ भने। मैले म जाम त पैसा नदिकन भनेँ। उनले हुन्छ जाऊ भने।
मैले त्यसपछि २० रुपैंया दिन्छु भनेँ, उनले ५० त देउ भने। मैले हुन्न भने्र औंठी निकाल्ने प्रयास गर्दा पनि औंठी सानो भएकोले निक्लिएन। मैले फेरी म २० रुपैया दिन्छु भने उनले २०० त देऊ गरिब मान्छेलाई भने। त्यसपछि उनले आफँैले म औंठी निकालदिन्छु भने र निकालिदिए। यसपछि म आफ्नो होस्टेलतिर लागेँ।
र अब प्रश्न के रहन्छ भने, के मैले २० रुपैया पनि नपर्ने औंठीलाई २०० मा किन्नु पथ्र्यो? के उनी साँच्चै गरिब हुन्?के मैले उनलाई साचै पैसा दिनु पथ्र्याे?
के मैले सहि गरे या गलत?