भारतीय अखवार टाइम्स अफ इण्डियाले केही वर्ष अगाडि ‘डु’ भन्ने अभियानको घोषणा गरेको थियो। जसको अर्थ ‘गफ धेरै भए, अब काम’ भन्ने थियो। समाचारमा फलानो नेताले यो भन्नुभो त्यो भन्नुभो ले ठूलै ठाउँ बनाइराख्दा ती भनेका कामको खबरदारी गनुपर्ने समूह ती नेताले नै अर्को गफ दिईराख्दा यो नेता राम्रो त्यो नराम्रो मै हानथाप गरिरहेका छन् ।
अलि पुरानो कुरो । बुवाले चकलेट थमाउनुपर्ने हातमा एफएम माइक थमाएर ‘जा अर्को कोठामा गएर बोल् म यहाँ बसेर सुन्छु,’ भन्नुभो। उनको मनमा बोल्ने कुरा बिक्ने अनि नेताहरू सबै बोल्न जान्ने भएकाले बोल्नुपर्छ भन्ने कुरोले स्थायी डेरा गरेको थियो । अनि त्यही कुरो मेरा दिमाग अनि मनमा टाँसिए । बोल्नपर्छ, बोलेरै जितिन्छ । यो नेता ठीक क्या गजबको भाषण गर्छ, यो हाकिम गज्जब क्या मीठो बोल्छ । मीठो बोलीका पछि लागियो । नाइ भन्न हुन्न सबैलाई रिझाउनुपर्छ ।
यो बुझाईमा पनि एक दिन यू टर्न आयो। कलेज पढ्दा साथीले एक दिन बडो नमज्जासित ‘आउन नसक्ने, गर्न नभ्याउने काममा आउँछु, गर्छु नभन् तँ नेता होइनस्’ भन्यो । त्यो दिन राम्रो बोल्नु र एस म्यान हुनु फरक कुरो भएको र राम्रो बोल्नुभन्दा पनि चाहिने भनेको बोलेका कुरा पुरा गर्नु वा नबोली काम गर्दै जानु हो भन्ने हेक्का भयो।
नबोल्ने, काम गर्ने । आफ्नो काम गरिराख्ने लो प्रोफाइलमा बस्ने । छिमेकमा भूकम्पै गयो भन्दा नि हुन्छ एक नाम चलेका एक्टरलाई अध्यागमनमा सोधपुछलाई केही घण्टा रोकाउँदा । यो घटना सेलाउन लाग्दै गर्दा मिसाइल म्यानले परिचित राष्ट्रपति भएका ब्यक्ति कलामले यस्तै किसिमको घटनाबाट गुज्रिसकेको कुरा बडो मुस्किलले थाहा भयो अनि उनले यो भोगाइलाई अपमान नठानी दैनिकीका रुपमा अझ सरलताका साथ लिएको पढियो । हा, अर्काको कामलाई पनि त मान गर्न पर्छ आफूले मान पाउन अघि । राष्ट्रपतिको काम महत्वपूर्ण हुने नै भयो, विमानस्थलमा सुरक्षा जाँच गर्नेका काम कम महत्वपूर्ण होइन नि । अनि कसैले काम गरिराख्दा सहयोगी हुनलाई विशेष शिक्षा चाँहिदैन ।
काममा परिणत नभएका कुरा त हावा हुने नै भए । कुरा अगाडि राखेर एक्सनमा उत्रिन सकियो भने त झन् वेश भयो । फेरि यही बीचमा हामी सबैको सर्ट मेमोरीले नि आफ्नो करामत देखाएकै छ । भुइँचालो गईराख्दा पहिलोभन्दा दोश्रो तल्ला उक्लिन धरमराउने खुट्टाहरु हल्लाउँदै टेकोले थामिएका मन्दिरमा डेट हामीले नै गर्यौ । डेट गरिराख्दा भुइँचालो याद त गर्नपरेन तर फ्याट्टै बिर्सन पनि भएन नि, होइन र?
कुरो भर्सेस काम त हुनै नपर्ने । समाजको बनोट पनि यसरी नै भयो । जुकरबर्गले चौतारो बनाए त्यही चौतारोलाई गफका घर धेरै हामीले बनाएम् । सँगै एउटै छानो मुन्तिर विराजमान हुनेलाई शुभकामना दिन नि घर परको तेही चौतारो चाहिएको छ । सञ्जालका स सँग दुरदराजको कुनै नाता नभएकी ममतामयी आमालाई उनको जन्मदिनमा माया दिने अभिभारा नि त्यही चौतारोमा रह्यो । गफाडी चाँहि धेरैलाई बनायो । भेट्दा मुस्किलले हाजिरी जवाफ भन्दा बढी कुरो फुस्काउनेले नि लम्बा दिएका छन् प्रवचन जिवन र जगतका । यो नराम्रै त होइन होला । वाकचर्तुयताको फाइदा उनलाई बाहेक अरु कसलाई पुगेछ भन्ने बैयक्तिक जिज्ञासा मात्र पोखेको ।
कामले चिनिएका ब्यक्तिलाई राख्नुपर्छ, जिम्मेवारी दिइनुपर्छ भन्ने उदाहरण हाम्रातिर पनि देखिन थालेको छ । बाँकि छ त राजनैतिक ईच्छाशक्तिको जसले काबिललाई देखोस् आफ्ना सँगै, आफूलाई बनाइदिन अनुनय नगरेको भन्ने इगो पन्छाओस् । मेरिटमा विश्वास गरोस् । अँ यी त विस लिस्ट भए । बकेटलिस्ट पनि भए राम्रो भन्ने कुराका । अलिबाबाका ज्याकमा कामले पहिले चिनिए मोटिभेसनल स्पीकर पछि भए । पहिले स्पीकर भएर काममा कहिले नलाग्नेदेखि कसले जोगाउने?