यो साधारण लाग्ने असाधारण मानिसहरूको कथा शृंखला हो — भरत तामाङ असनमा सेल बेच्छन्। सेलरोटीको 'साधारण' व्यवसाय गर्ने उनी आफैंमा असाधारण छन्। जीवनप्रति उनको उत्साह, कामप्रति उनको जाँगर, सेलरोटी खान आउने ग्राहकप्रति उनको समर्पण सबै असाधारण छन्। यिनै असाधारण गुणका कारण उनको व्यवसाय चम्किएको छ; उनको जिन्दगीले गति समातेको छ — उदयपुरका भरत अहिले आमा, दिदी, बहिनी र दुई भाइसँग काठमाडौंमा बस्छन्। उनी कक्षामा सधैं 'फर्स्ट' हुन्थे, आर्थिक अभावले थिचेपछि पढाइ बिग्रिँदै गयो। अहिले बहिनी र भाइहरूलाई पढाउँदै छन् — आफ्नो कामबारे भरत भन्छन्, 'काम आखिर काम नै हो। जुन कामले परिवार पालिन्छ र जुन कामले धेरै मान्छेलाई खुसी दिन्छ, त्यो काम गर्न लजाउनुपर्दैन। मेरो त कामै कति गज्जब छ हेर्नुहोस् त! म मान्छेलाई खुवाउने काम गर्छु। मान्छेको भोक मेट्छु।’ (विस्तृतमा पढ्न सबस्क्राइब गर्नुहोस्।)