उकालो, घुम्ती बाटो थियो। साँघुरो गोरेटोमा ठिंग उभिएका दुइटा भालुसँग उनको जम्काभेट भयो।
एउटा सिधै बिगुमाथि जाइलाग्यो। अर्को श्रीमती र छोरातिर दौडियो।
त्यो घटनाको असर उनको जीवनमा अहिले पनि परिरहेको छ।
केही दिनअघि हामी पुग्दा घरको बरन्डामा ह्विलचेयरमा बसिरहेका थिए बिगु। छेउमा श्रीमती थिइन्। कुराकानी सकेपछि हामीले उनीसँग बिदा माग्यौं। केही पर पुग्दा उनले बोलाए।
'ए सर सुन्नु न, एउटा कुरा त भन्नै छुटाएछु।'
'हजुर भन्नुस्' भन्दै म उनको नजिकै पुगेँ।
'म त अचेल सपनामा पनि भालुलाई देख्छु नि सर,' उनले भने, 'सपनामा मेरो सधैं भालुसँग लडाइँ पर्छ।'
'ए हो र, अनि कसले जित्छ नि लडाइँ?'
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री नि:शुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर सबस्क्राइब गर्नुहोस्।)