फिल्म अभिनेता आर्यन सिग्देलका एक जना साथी थिए, जोसँग लक्ष्मी ठाकुरको पनि चिनजान थियो।
उनै साथीमार्फत् आर्यनसँग लक्ष्मीको सम्पर्क भयो। एकदिन उनले आर्यनलाई आफ्नो सैलुनबारे बताए र आफ्नै हातले कपाल काट्ने इच्छा व्यक्त गरे।
आर्यन सहमत भए।
आज उनको नियमित ग्राहक सूचीमा धेरै सेलेब्रिटीको नाम छ। फिल्म अभिनेतादेखि क्रिकेट खेलाडी र मिडियाकर्मीदेखि राजनीतिक नेतासम्म कपाल काट्न उनको सैलुन पुग्छन्।
पर्दामा चम्किला देखिने कलाकारहरूलाई चम्काउने काम गर्दै आएका लक्ष्मी ठाकुर आजका एक 'सेलेब्रिटी' हेयर स्टाइलिस्ट तथा मेकअप डिजाइनर हुन्।
कपाल काट्ने 'साधारण' काम गर्ने लक्ष्मीको जीवनप्रतिको उत्साह, कामप्रति जाँगर र आफूकहाँ कपाल काट्न वा मेकअप गर्न आउने ग्राहकप्रति समर्पण असाधारण छ। यिनै असाधारण गुणका कारण उनको व्यवसाय चम्किएको छ, जिन्दगीले गति समातेको छ र उनले आजको मुकाम हासिल गरेका छन्।
उनले हासिल गरेको मुकामका पछाडि दुई दशक लामो संघर्षको कथा छ।
यो दुई दशकमा उनी धेरैचोटि पराजयको संघारमा पुगे। अर्काको नमीठो बचन र हेपाइले धेरैचोटि उनको आत्मसम्मान धुजाधुजा भयो। कयौं रात अँध्यारोमा एक्लै रोएर काटे।
जीवनका ती कठिन मोडमा पनि उनी एउटा कुरामा दृढ थिए — म जन्मेकै कपाल काट्न हो।
मनमनै भन्थे — जसले जेसुकै भनोस्, कपाल काट्नु मेरो कर्म हो, मेरो धर्म हो। जबसम्म म कर्ममा अटल रहन्छु, मलाई बाहिरी कुराले हल्लाउन सक्दैन।
यही आत्मबोधले लक्ष्मीको सपनालाई कहिल्यै मर्न दिएन।
जीवनमा जस्तोसुकै हुरीबतास चले पनि लक्ष्मीले आफ्नो सपना पछ्याइरहे।
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री नि:शुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर सबस्क्राइब गर्नुहोस्।)