विशाल हलको धेरैजसो भाग अँध्यारो छ। एउटा भाग जहाँ बत्तीको प्रकाश छरिएको छ, त्यहाँ एक युवती उभिएकी छन्। एकाएक उनको शिरमाथि, धेरै माथिबाट सररर रेशमी कपडा खस्छ। फर्फराउँदै भुइँतिर खसेको कपडा ती युवतीले च्याप्प समात्छिन्।
कपडा समाएरै उनी फनफन घुम्दै माथि माथि उक्लिन्छिन्। केही सेकेन्डमै भुइँ छाडेर उनी कपडासँगै उड्न थाल्छिन्।
उनी आफ्ना दुवै खुट्टा कपडामा बेर्छिन्। हातहरू फिँजाएर स्वतन्त्र हुन्छिन्। कपडाकै आडमा उल्टोसुल्टो गर्छिन्। झुन्डिएर पिङ खेल्छिन्।
कपडासँगै उनी आफ्नो शरीर लच्काएर नाचिरहन्छिन्। केहीबेर पछि चिप्लिँदै भुइँमा आउँछिन्। त्यहाँ अर्की युवती हुन्छिन्। अब उनको पालो!
तर उनी कपडामा होइन, डोरी चढेर माथि पुग्छिन्। लिंगे पिङ जस्तो दुईतिर डोरीको लठ्ठा र बीचमा बस्ने ठाउँ छ। उनी लठ्ठा समातेर झुन्डिन्छिन्। खुट्टाको भरमा अडिएर कहिले उल्टी, त कहिले सुल्टी हान्छिन्।
धिपधिपे अँध्यारोतिर उभिएका सयौं मान्छे उनीहरूलाई हेरिरहन्छन्।
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री नि:शुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर सबस्क्राइब गर्नुहोस्।)