ज्योतिष नीरविक्रम पौडेलले आफूलाई मात्र भए पनि गुफाभित्र गएर पूजा गर्न र बत्ती बाल्न दिनुपर्ने माग राखे।
प्रशासनले मानेन।
जति अनुनय गर्दा पनि सुनुवाइ नभएपछि उनले राजा वीरेन्द्रसमक्ष बिन्तीपत्र चढाए। कास्कीका सिडिओले गुप्तेश्वर महादेवको पूजापाठ रोकेको र दर्शन गर्न नदिएको भनी उजुरी गरे।
उनको बिन्तीपत्र सुनेपछि राजा वीरेन्द्र भोलिपल्टै पोखरा आए। उनले दुई जना सैनिकलाई पौडेलकहाँ पठाएर बिहानै गुफा हेर्न आउने सूचना दिए।
राजा वीरेन्द्र गुफा हेर्न आउँदा सिडिओ, जिल्ला विकास समितिका सभापति, सेना, प्रहरी प्रमुखको टोली नजाने कुरै भएन।
पौडेलले आफूलाई गुप्तेश्वर महादेवले सपनामा दर्शन दिएको र गुफाभित्र गएर पूजापाठ गर्न पाउनुपर्ने माग राजासमक्ष राखे।
उनको कुरा सुनेपछि राजा वीरेन्द्रले तत्कालै सिडिओलाई सरूवा गर्न आदेश दिए।
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री नि:शुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर सबस्क्राइब गर्नुहोस्।)