भोजबहादुर तामाङ २०७५ सालमा 'लर्न एन्ड अर्न' (सिक्दै र कमाउँदै) कार्यक्रमअन्तर्गत इसराइल गएका थिए।
उनले त्यहाँ ११ महिना काम गरे। श्रम र समयको महत्त्व थाहा पाए। केही आम्दानी पनि गरे।
त्यही बेला शान्ति भट्टराई पनि इसराइलमा थिइन्। भोजराज र शान्तिको चिनजान उतै भएको हो।
त्यहाँबाट फर्केपछि उनीहरूले बिहे गरे र सँगसँगै व्यावसायिक खेती सुरू गर्ने सपना देखे।
इसराइलबाट फर्किंदा भोजबहादुरको साथमा १० लाख रूपैयाँ थियो। त्यही पैसा र इसराइलमा सिकेको सिपबाट आफ्नै गाउँमा उन्नति गर्ने उनको सपना थियो। तर आफूसँग भएको पैसाले मात्र कृषि कर्म सुरू गर्न पुग्दैनथ्यो।
उनले विभिन्न बैंक र सहकारी संस्थाहरूमा गएर प्रस्ताव बुझाए, ऋण मागे। जहाँ गए पनि धितो खोजी भयो, ऋण पाएनन्।
कृषकलाई ऋण दिने कृषि विकास बैंकले पनि पत्याएन। जुन बैंकमा गए पनि धितो मूल्यांकन गरेर ऋण दिन्छौं भने।
बैंकले नपत्याएपछि भोजबहादुर र शान्तिले के गरे त?
इसराइलमा सिकेको सीप र ज्ञान प्रयोग गरेर आफ्नै गाउँठाउँमा व्यावसायिक खेती गर्ने सपना उनीहरूले कसरी पूरा गरे?
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री नि:शुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर सबस्क्राइब गर्नुहोस्।)