लुगाको रङसँगै जिन्दगीको रङ कसरी उड्दो रहेछ भन्ने उनले बल्ल चाल पाइन्।
एक त आफै चोट सहिरहेकी थिइन्, त्यसमाथि समाजको व्यवहारले मुटु छियाछिया पार्यो। मान्छेहरू सहानुभूति देखाउनु त परै जाओस्, बोल्नधरि हच्किन्थे। बाटोमा अगाडि पर्दा पनि तर्किन्थे। उनलाई देख्दा सातो गएजस्तो मुख बिगार्थे। गर्भवती र बिरामी महिला त सुशीलाको छायालाई पनि अफाप ठान्थे।
यस्तोमा धेरैले कामै दिएनन्। कतिले दिए, तर राम्रो व्यवहार गरेनन्। सँगै हुँदा पनि टाढा बसेर बोल्थे, केही चिज दिनुपरे भुइँमा फ्यात्त राखिदिन्थे।
मान्छेका यस्ता तीता व्यवहार सुशीलालाई सह्य थिएन। तर बाध्यता र सन्तानको जिम्मेवारीले उनी विवश थिइन्।
श्रीमान बितेको लगभग तीन महिनासम्म उनले आत्मसम्मान बलि चढाएर जसोतसो अर्काको घरमा काम गरिन्।
त्यसपछि भने एउटा सुखद संयोग उनको दु:खद जिन्दगीलाई कोल्टे फेर्न आइपुग्यो।
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री नि:शुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर सबस्क्राइब गर्नुहोस्।)