नीरबहादुर मोक्तानलाई उनको नामबाट कसैले चिन्दैनन्। धेरैले उनलाई 'ढल सफा गर्ने दाइ' भनेर बोलाउँछन्।
परिवार, कार्यालय र नजिकका आफन्तबाहेक अरूको निम्ति नीरको काम नै उनको पहिचान हो।
उनले आफ्नो पहिचान विरासतमा पाएका होइनन्, दु:खले बनाएका हुन्। काठमाडौंमा २२ वर्षको अथक परिश्रमबाट बनेको हो, ४६ वर्षीय नीरको पहिचान।
उनले त्यो काम गरे, जुन काम गर्न धेरै मान्छे घिन मान्छन्। आफ्नो नाक थुन्छन्। र, नजिक पर्दा पनि बान्ता आउलाझैं गर्छन्।
उनको काम हो — ढल, सेप्टिक टयांक र शौचालय सफा गर्ने वा जाम खोल्ने।
नीर यो काम गर्न कुनै अप्ठ्यारो मान्दैनन्। सहजै ढलभित्र छिर्छन्, फोहोरसँग जुध्छन् र हाम्रो घर-टोल सफा राख्छन्।
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री नि:शुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर सबस्क्राइब गर्नुहोस्।)