गत साल सात-आठ महिनाको प्रतिबन्धले बन्द भएको पर्यटन क्षेत्र हिउँद लागेपछि बिस्तारै फेरि लयमा फर्कन थालेको थियो। 'स्प्रिङ सिजन'मा पर्यटक आउने आश थियो।
दोस्रो लहरको कोरोना भाइरसले विश्वलाई फेरि गाँज्यो। पर्यटन क्षेत्र बहुरिने आशा पलाउँदै थियो, कोरोना महामारीको पुनरावृत्तिका कारण सरकारले पुनःनिषेधाज्ञा जारी गर्यो। आशा निराशामा परिणत भयो।
यद्यपी सरकारले हिमाल आरोहणलाई अनुमति दियो।
सन् २०१९ को वसन्त यामको सगरमाथा आरोहणमा आरोहीको ट्राफिक जामको खबरले नेपालसहित विश्व चर्चित सञ्चार माध्यममा छायो। मे २१ तारिखका दिन सगरमाथामाको चुचुरो नजिक भएको उक्त विषयलाई विश्वका चर्चित बीबीसी, सीएनएनलगायत मिडियाले हेडलाइन बनाए, सगरमाथामा आरोहीको लस्करै भीडको फोटोसहितका सामग्री राखेर सामाजिक सञ्जाल पनि रङ्गीए। सरकारी छानबिन समितिले सगरमाथामा जाम नभई लाम लागेको निष्कर्ष निकाल्यो।
कोभिड–१९ महामारीका कारण अघिल्लो वर्ष सन् २०२० को पर्वतारोहण रोकियो। यतिखेर सन् २०२१ को वसन्त आरोहण उत्साहबर्धक रूपमा चलिरहेको छ। कोभिड महामारीको जोखिमबीच भइरहेको यस आरोहणबाट पनि विश्वभर चर्चा चुलिएको छ। भलै प्रतिकूल मौसमका कारण केहिदिनयता सगरमाथासहितका हिमाल आरोहण प्रभावित भएको छ।
उल्लेख्य संख्याका आरोही अनुकूल मौसमको प्रतिक्षामा आधार शिविरमा पर्खिरहेका छन्।
बंगालको खाडी नजिकै बनेको यास आँधीको प्रभावले नेपालको मौसम बिहीबारदेखि पुनः बिग्रियो।
अहिले सगरमाथा आधार शिविरमा सगरमाथा, ल्होत्से र नुप्से गरी तीन हिमाल आरोहणका लागि स्वदेशी तथा नेपाली गरी झण्डै ७०० आरोही प्रतिक्षारत छन्।
दुईवर्ष अघिको सगरमाथा आरोहणमा आरोहीको जामको विषय चर्चित बन्यो भने यस पटकको सगरमाथा आरोहणमा हालसम्मकै सर्बाधिक आरोही समूहलाई आरोहण अनुमति (एक्सिपिडिसन पर्मिट) दिइएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले सगरमाथाका लागि सर्बाधिक ४३ आरोही समूहका लाई आरोहण अनुमति दिएको छ। यो संख्या सन् २०१९ को वसन्त यामको भन्दा बढी हो।
पर्यटन मन्त्रालयका अनुसार वसन्त यामको हिमाल आरोहणमा ७९ देशका ८६ आरोही समूहमा जम्मा ७७४ जना आरोहीले आरोहण अनुमति लिएका छन्।
यतिखेर सगरमाथाको आधार शिविरमा माइनस (आठ डिग्रि हाराहारीको) तावक्रमको प्रवाह नगरी आरोही अनुकूल मौसमको प्रतिक्षरत छन्। कतिपय आरोही बिच बाटमोमा छन्। समुद्री सहतहदेखि पाँच हजार ३०० मिटर उचाईमा पर्ने खुम्बु क्षेत्रको सगरमाथा आधार शिविर रङगी चङ्गी पालले भरिभराउछन्। यस पटक विभागले आधार शिविरमा चिकित्सकको टोली पनि पठाएको छ।
कोभिड–१९ महामारीकाबीच उत्साहवद्र्धक रुपमा चलिरहेको वसन्त यामको हिमाल आरोहणबाट पर्यटन व्यवसायमा आशाको सञ्चार जगाएको छ।
हेर्नुहोस् रङगी चङ्गी आधारसिविर तस्बिरमा