विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न यस वर्ष नेपालका ११ सहित २०४ जनाले आरोहीले अनुमति लिएका छन्।
पर्यटन विभागका अनुसार यस वर्ष ८ हजार ८४८.८६ मिटर अग्लो सगरमाथा आरोहण गर्नको लागि ४२ देशका आरोहीले अनुमति लिएका छन्। जसमध्ये १५८ जना पुरुष र ४६ जना महिला गरी कूल २०४ जना आरोही रहेका छन्।
जसमध्ये नेपालबाट ८ जना पुरूष र ३ जना महिलाले अनुमति लिएका छन्। सबैभन्दा बढी १० महिला र ४१ पुरूषसहित अमेरिकाबाट ५१ जनाले अनुमति पाएका छन्। यस्तै बेलायतबाट २५, भारतबाट १५ र क्यानडाबाट ११ जनाले अनुमति पाएका छन्
सगरमाथा आरोहण गर्नेलाई यसवर्ष अनुमति दिँदा २१ लाख ३४ हजार रुपैयाँ (२५ करोड ८४ लाख ३९ हजार ३५० रुपैयाँ) राजस्व संकलन भएको विभागले जनाएको छ ।
यस वर्ष ६१ समूहमा ५०५ जनाले नेपालको १८ वटा हिमाल आरोहणको लागि अनुमति लिएका छन्।